२०८३, आश्विन २३ गते

images
  • समाचार
  • बिचौलिया नियन्त्रण अभियान : यातायात र...

बिचौलिया नियन्त्रण अभियान : यातायात र मालपोत कार्यालयबाट १६ जना पक्राउ

बिचौलिया नियन्त्रण अभियान : यातायात र मालपोत कार्यालयबाट १६ जना पक्राउ

बिहिवार, चैत्र १९ २०८२०१:१५
बिहिवार, चैत्र १९ २०८२०१:१५
  • images

    काठमाडौँ । । सुर्खेतको वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको आरोपमा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार बिहान करिब साढे ११ बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सेवाग्राहीसँग सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण तथा जग्गा नामसारी लगायतका काम गरिदिने भन्दै रकम असुल्ने कार्यमा संलग्न रहेको सूचनाका आधारमा कारबाही गरिएको प्रहरीले जनाएको छ।

    डीएसपी मोहनजंग बुढथापाका अनुसार प्रहरी निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको टोलीले यातायात व्यवस्था कार्यालयबाट ६ जना पुरुष र मालपोत कार्यालयबाट १० जना महिला गरी जम्मा १६ जनालाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेहरूमा यातायात व्यवस्था कार्यालयबाट वीरेन्द्रनगर नगरपालिका–१ प्रगतिशीलका ३६ वर्षीय दीपकबहादुर विक, वीरेन्द्रनगर–३ का ६२ वर्षीय इन्द्रबहादुर शाही, वीरेन्द्रनगर–१२ का ३३ वर्षीय प्रदीप खड्का, वीरेन्द्रनगर–५ का २८ वर्षीय हरिप्रसाद देवकोटा, वीरेन्द्रनगर–१० का ३२ वर्षीय प्रभाकर शर्मा गौतम र लेकवेशी नगरपालिका–३ का ३७ वर्षीय रमेश दमाई रहेका छन्।

    त्यस्तै, मालपोत कार्यालय क्षेत्रबाट वीरेन्द्रनगर–३ की २५ वर्षीया लक्ष्मी शाही, ३४ वर्षीया पार्वती योगी, वीरेन्द्रनगर–५ की ३५ वर्षीया पवित्रा न्यौपाने, वीरेन्द्रनगर–६ की २३ वर्षीया सम्झना योगी र ३८ वर्षीया निर्मला योगी पक्राउ परेका छन्।

    यस्तै, वीरेन्द्रनगर–११ की १८ वर्षीया रोशनी शाही, ३१ वर्षीया दुर्गा शाही, २० वर्षीया गीता सुनार, ३२ वर्षीया रोशमी तिवारी र वीरेन्द्रनगर–१२ की ३८ वर्षीया कुसुम बुढाक्षेत्रीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend