काठमाडौँ । बिचौलीयाका रुपमा परिचित व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्।
बिहीबर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको छ ।
भट्टलाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको सीआईबी प्रमुख मनोज केसीले पुष्टी गरे । उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको थियो ।
उनीमाथि अनुसन्धान लगभग अन्तिम चरणमा पुगेपछि विभागले सोमबार उनको पासपोर्ट रोक्का गरेको थियो । भट्टमाथि विभिन्न ठूला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ । उनी राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ती तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।

