२०८३, आश्विन २१ गते

images
  • समाचार
  • होटल व्यवसायी महासंघमा नयाँ नेतृत्व, टीआर...

होटल व्यवसायी महासंघमा नयाँ नेतृत्व, टीआर भण्डारी अध्यक्षमा निर्वाचित

होटल व्यवसायी महासंघमा नयाँ नेतृत्व, टीआर भण्डारी अध्यक्षमा निर्वाचित

आइतवार, चैत्र २९ २०८२०१:१६
आइतवार, चैत्र २९ २०८२०१:१६
  • images

    काठमाडौँ । होटल व्यवसायी महासंघ नेपालले सम्पन्न पाँचौं महाधिवेशनबाट टीआर भण्डारी (शंकर) अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 

    पोखरामा सम्पन्न महाधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको महासंघले जनाएको छ । सम्पूर्ण कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो ।

    नवनिर्वाचित अध्यक्ष भण्डारीले प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासंघलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले पर्यटन तथा होटल क्षेत्रलाई थप प्रतिस्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे ।

    भण्डारीले लगानीमैत्री वातावरण निर्माण, व्यवसायीको हकहित संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई आगामी कार्यकालका प्रमुख प्राथमिकताका रूपमा अघि सार्ने बताएका छन् । उनका अनुसार निजी क्षेत्रको सशक्तीकरण बिना पर्यटन क्षेत्रको दीगो विकास सम्भव छैन ।

    महासंघले देशभरका होटल व्यवसायीलाई एकीकृत गर्दै नीति पैरवी, क्षमता विकास तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नयाँ कार्यसमितिले यस अभियानलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend