२०८३, भाद्र १३ गते

images

एनआईसी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

एनआईसी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

images
बुधवार, बैशाख २ २०८३०५:१३
बुधवार, बैशाख २ २०८३०५:१३
  • काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मकवानपुरको मनहरीस्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरेको छ।

    मनहरी–८ मा रहेको आमा घर सेवा आश्रम मा आश्रित व्यक्तिहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो। परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूलाई आश्रय दिँदै आएको आश्रमका लागि यो सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

    एक कार्यक्रमका बीच बैंकका नारायणगढ सर्कल हेड रामकृष्ण काफ्लेले आश्रमका संरक्षक विजय राज सिग्देललाई आरओ वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् ।

    बैंकले उपलब्ध गराएको यस सुविधाले आश्रममा बसोबास गर्ने व्यक्तिहरूलाई स्वच्छ र सुरक्षित खानेपानी प्राप्त हुने तथा उनीहरूको स्वास्थ्यमा सकारात्मक सुधार आउने विश्वास व्यक्त गरेको छ। साथै, आश्रमको दैनिक जीवनलाई अझ सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    एनआईसी एशिया बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा यस्ता सहयोगात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend