२०८३, आश्विन १९ गते

images
  • विशेष
  • सिटी होटलका सञ्चालकले कानून विपरित बेचेको...

सिटी होटलका सञ्चालकले कानून विपरित बेचेको सेयरको विवरण सीआईबीमा, अनुसन्धान तिव्र

सिटी होटलका सञ्चालकले कानून विपरित बेचेको सेयरको विवरण सीआईबीमा, अनुसन्धान तिव्र

सोमवार, बैशाख २१ २०८३०१:३३
सोमवार, बैशाख २१ २०८३०१:३३
  • images

    काठमाडौँ । सिटी होटलका सञ्चालकले गैरकानूनी रुपमा बेचेको सेयरको विवरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेको छ ।

    होटलका सञ्चालकले हकप्रदका नाममा लकइनमा रहेको शेयर कानून विपरित अक्सन मार्फत बिक्री गरेका थिए ।

    कम्पनीले २१ लाख ५० हजार ४१८ कित्ता शेयर लिलामिमा बिक्री गर्याे । जसमध्ये संस्थापक समूहतर्फ १९ लाख ८९ हजार ९९९ कित्ता (लकइन अवधिमा रहेका), कर्मचारी समूहतर्फ ६ हजार कित्ता र साधारण समूहतर्फ १ लाख ५४ हजार ४१९ कित्ता शेयर बिक्री गरेको थियो ।

    उक्त शेयरको विवरण अनुसन्धानका लागि सीआईबीमा पठाईएको छ । सीडिएससीले हकप्रद शेयर अक्सन मार्फत बिक्रीको निर्णय समेत सीआईबीलाई पठाएको छ । साथै, सीडिएससीको प्रणालीमा भएको विवरण पनि थप अनुसन्धानका लागि सीआईबीमा पठाएको स्रोतले बतायो ।

    कानून विपरित सिटी होटलले बेच्यो लकइनमा रहेको संस्थापक शेयर कानून विपरित सिटी होटलले बेच्यो लकइनमा रहेको संस्थापक शेयर

    संस्थापकको शेयर सिडिएससिको प्रणालीमा प्रमोटर सेयर भनी देखाइनुपर्नेमा सर्वसाधारणको आइपीओ एलोटमेन्ट पछि २०८० जेठ १७ गते तत्काल नै सिडिएसीमा डिपोजिट गर्दा सर्वसाधारणको सेयरसँग संस्थापक सेयर मिसाएर राखिएको थियो । सर्वसाधारणको सेयरसँग संस्थापकको सेयर मिसाएर राख्नु पर्दा निजको प्रबन्धपत्र नियमावलीमा सच्याएर विधिपूर्वक संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा कन्भर्जन गरेर मिसाउनुपर्नेमा संस्थापक सेयर एउटै आइजिनमा लकइनमा रहेको पाइएको छ ।

    IMG-20260504-WA0148.jpgलकइन रहेको हक हस्तान्तरण गर्न नमिल्ने कानुनी अवस्थामा अक्सन मार्फत संस्थापकको हकप्रद सेयर बिक्री गरिएको पत्रमा उल्लेख छ ।

    संस्थापकको सेयरलाई सुरुमा नै एउटै आइजिनमा सर्वसाधारणको सेयरसँग मिसाएर राखको, सर्वसाधारणको सेयरको मूल्य (तत्कालीन अवधिमा करिव.५३३ प्रति शेयर) सरह संस्थापक सेयरको मूल्य प्रणालीमा देखाई सर्वसाधारण जनतालाई सस्तोमा खरिद गरेको भान पारेर (वास्तवमा संस्थापक सेयरको हुनुपर्ने मूल्य भन्दा बजारको मूल्य कम हुन्छ । उच्च मूल्य २५१ देखि ४६९ रुपैयाँसम्म बिक्री गरेर सर्वसाधारण जनतलाई मर्कामा पारेको देखिएको छ ।

    सुरुमा नै फरक आईजीन देखिएको अवस्थामा संंस्स्थापक सेयरको मूल्य सिडिएससीको प्रणाली लगायत मेरो सेयरमा १०० रुपैयाँ मात्र देखिने हुनाले ननट्रेडेबल सेयर अक्सनमा जाँदा नेटवर्थ अथवा पार भ्यालु .१०० रुपैयाँ वा केही बढीमा कारोबार हुने अवस्था रहने सीआईबीलाई पठाएको पत्रमा उल्लेख छ ।

    एकै आइजिनको खेल: सिटी होटलको निर्णयले उठायो शेयर संरचनाको गम्भीर प्रश्न एकै आइजिनको खेल: सिटी होटलको निर्णयले उठायो शेयर संरचनाको गम्भीर प्रश्न

    सिडिएसीले सीआईबीलाई पठाएको पत्रले कानून विपरित कारोबार भएको प्रष्ट देखिएको छ ।

    उनीहरुले गरेको कारोबार धितोपत्र ऐन कानून विपरीत देखिएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ (१) अनुसार विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र आइपीओ बाँडफाड मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न पाँइदैन । सिटी होटलको संस्थापकको सेयर लकइनमा राखिएको छ ।

    कम्पनीले अक्सन मार्फत संस्थापकको लकइनमा रहेको हकप्रद सेयर बिक्री गरेको स्पष्ट देखिन्छ । लकइनमा भएको सेयरको हकप्रद राइट एक्सरसाइज गर्ने अधिकार पनि स्वयं लकइनमा रहेको संस्थापकको लकइन अवधिभर अहस्तान्तरणीय अधिकार हो ।

    सिटी होटलको सञ्चालक समितिले अक्सन गरेर उच्च मूल्यमा सेयर बिक्री गर्नु उपयुक्त कानुन तथा प्रणालीको दुरुपयोग गरी सर्वसाधारण जनतालाई ठगी गरेको अध्ययनले देखाएको छ ।

    संस्थापक सेयर कम्पनी ऐन २०६३ को दफा ६६ बमोजिम करार गर्ने क्षमता भएको व्यक्तिले मात्र खरिद गर्न सक्ने प्रावधान छ । त्यसैले गर्दा सर्वसाधारण जो कोहीले पनि संस्थापक सेयर खरिद गर्न सक्ने अवस्था नरहने पत्रमा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend