२०८३, भाद्र १३ गते

images

एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न, २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न, २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

images
सोमवार, जेठ १८ २०८३०३:५६
सोमवार, जेठ १८ २०८३०३:५६
  • काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय प्रतिवेदनहरू छलफल गरी अनुमोदन गरेको छ।

    साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित बैंकको हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर (राइट शेयर) जारी गर्ने प्रस्तावलाई पनि स्वीकृति प्रदान गरेको छ। उक्त हकप्रद शेयर निष्कासनका लागि सम्बन्धित नियामक निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त भएपछि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

    सभाले संस्थापक शेयरधनी समूहबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाललाई तथा सर्वसाधारण शेयरधनी समूहबाट आदित्य कुमार अग्रवाल, केशवप्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

    बैंकले साधारण सभामार्फत विभिन्न अन्य प्रस्तावहरू समेत पारित गरेको जनाएको छ। बैंकका अनुसार पूँजी सुदृढीकरण, व्यवसाय विस्तार तथा वित्तीय स्थायित्वलाई थप मजबुत बनाउने उद्देश्यले हकप्रद शेयर निष्कासनको निर्णय गरिएको हो।

    बैंकले हाल देशभर विस्तारित शाखा सञ्जाल, डिजिटल बैंकिङ सेवा तथा नवीन वित्तीय उत्पादनमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। वार्षिक साधारण सभामा बैंकको भावी रणनीति, पूँजी व्यवस्थापन तथा व्यवसाय विस्तारका योजनामाथि पनि छलफल गरिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend