२०८३, आश्विन २१ गते

images
  • समाचार
  • कृत्रिम कम्पनी खडा गरी बैंकबाट १३...

कृत्रिम कम्पनी खडा गरी बैंकबाट १३ करोड कर्जा लिएको आरोप, जानकी मेडिकल कलेजका सञ्चालक पक्राउ

कृत्रिम कम्पनी खडा गरी बैंकबाट १३ करोड कर्जा लिएको आरोप, जानकी मेडिकल कलेजका सञ्चालक पक्राउ

बुधवार, जेठ २० २०८३०५:१८
बुधवार, जेठ २० २०८३०५:१८
  • images

    काठमाडौँ । बैंकबाट कर्जा लिदा कृतिम कम्पनीको धितो राखेर ठगी गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रकाश (ओपी) पाण्डे पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई बुधबार पक्राउ गरेको हो। 

    पाण्डेले इन्टिच्यूट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटरीनरी साइन्सको नाममा प्रभु बैंकबाट १३ करोड रुपैयाँ कर्जा लिएका थिए। डिपीआर समेत नभएको सो कृत्रिम कम्पनीको शेयर समेत धितो राखेर उनले कर्जा लिएकोेमा पछि नतिरेपछि सो कर्जा खराब सूचीमा परेको छ। उनले अझै १२ करोड कर्जा चुक्ता गरेका छैनन्। 

    उनलाई सिआइबीले जानकी मेडिकल कलेजबाटै पक्राउ गरेको हो। बैंकिङ कसुर मुद्दामा उच्च अदालतले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ। 

    योजनाबद्ध रुपमा पाण्डेले यसरी कृतिम कम्पनी खडा गरी कर्जा लिएको सिआइबीको निष्कर्ष छ । यसमा बैंकका केही कर्मचारीको समेत मिलेमतोको आशंका छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend