२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पोखरामा फोहोर व्यवस्थापन केन्द्रमा भेटियो ग्रिनेट...

पोखरामा फोहोर व्यवस्थापन केन्द्रमा भेटियो ग्रिनेट बम

पोखरामा फोहोर व्यवस्थापन केन्द्रमा भेटियो ग्रिनेट बम

बिहिवार, जेठ २१ २०८३०२:५१
बिहिवार, जेठ २१ २०८३०२:५१
  • images

    काठमाडौँ । पोखरा महानगरपालिका–२१ निर्मलपोखरीस्थित फोहोर व्यवस्थापन केन्द्रमा बिहीबार ग्रिनेट फेला परेपछि सुरक्षा निकाय सतर्क बनेका छन्। शङ्कास्पद विस्फोटक पदार्थ भेटिएपछि त्यसलाई निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

    महानगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडी ९ग १ ख ५४३७० ले रातोपहिरो क्षेत्रबाट फोहोर उठाउने क्रममा उक्त ग्रिनेट फोहोरसँगै व्यवस्थापन केन्द्रमा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    प्रहरीका अनुसार फोहोरमा कवाडी सामग्री खोज्ने क्रममा रिमा शेर्पाले ग्रिनेट फेला पारेकी थिइन्। उनले उक्त वस्तु हातमा लिएर खेलाइरहेको अवस्थामा त्यहीँ कार्यरत एक एक्स्काभेटर चालकले देखेपछि तत्काल सतर्कता अपनाउँदै सुरक्षित स्थानमा राखेका थिए।

    घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक ९डीएसपी० नमराज भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको हो।

    कास्की प्रहरीका सूचना अधिकारी डीएसपी विरेन्द्रकुमार पासवानका अनुसार ग्रिनेटलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने तयारी भइरहेको छ भने घटनाको स्रोत र पृष्ठभूमिबारे थप अनुसन्धान जारी छ।

    फोहोरको थुप्रोमै विस्फोटक पदार्थ फेला परेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। सुरक्षा निकायले भने सर्वसाधारणलाई अफवाहमा नलाग्न र शङ्कास्पद वस्तु देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend