२०८३, आश्विन २१ गते

images
  • समाचार
  • ‘ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री...

‘ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ’

‘ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ’

बुधवार, जेठ २७ २०८३०९:३७
बुधवार, जेठ २७ २०८३०९:३७
  • images

    काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट आफू र प्रधानमन्त्रीमाथि योजनाबद्ध घेराबन्दी तथा आक्रमण भइरहेको आरोप लगाएका छन् । 

    बुधबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बजेटसम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो धारणा व्यक्त गरेका हुन् ।

    उनले सरकारविरुद्ध भइरहेको आलोचना र आक्रमणलाई नियोजित भन्दै पछाडिबाट केही समूह सक्रिय रहेको संकेत गरे ।

    ‘प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ’ उनले भने, ‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमै यो विषय अदालत पुग्दैछ।’

    उनले संसदका माननीय सदस्यहरूलाई त्यस्ता समूहबाट फैलाइएका भनाइबाट प्रभावित नहुन आग्रह गर्दै संसदको गरिमा कायम राख्नुपर्नेमा जोड दिए ।

    यस्तै, उनले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको आरोप लगाए । 
    बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ, अर्थमन्त्री डा।वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।’ 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend