२०८३, आश्विन २१ गते

images
  • समाचार
  • कुन-कुन विधेयक संसद जाने ? मन्त्रालयहरूसँग...

कुन-कुन विधेयक संसद जाने ? मन्त्रालयहरूसँग कानुन मन्त्रालयको समन्वय बैठक

कुन-कुन विधेयक संसद जाने ? मन्त्रालयहरूसँग कानुन मन्त्रालयको समन्वय बैठक

बिहिवार, जेठ २८ २०८३१२:४६
बिहिवार, जेठ २८ २०८३१२:४६
  • images

    काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ मा संघीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरुसँग छलफल प्रारम्भ गर्दैछ । 

    कानुनमन्त्री सोविता गौतमले बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल तथा महिला, बालबालिका, लैगिक तथा यौनिक अपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र सचिव राधिका अर्यालसँग छलफल गर्न लागेको कानुन मन्त्रालयले जनाएको छ । 

    महिलामन्त्री वादीसँग ३ बजे र भूमिमन्त्री रावलसँग ४ बजे कानुन मन्त्रालयमा छलफल हुनेछ । मन्त्रीहरूसँग के(के विधेयकको तयारी भइरहेको छ भनेर ब्रिफिङ लिने र आवश्यक समन्वय गरिने बताइएको छ । 

    विधायन ऐनअनुसार हरेक वर्ष असार मसान्तभित्र संघीय संसदमा पेस गर्ने विधेयकहरूको प्राथमिकताक्रमसहितको सूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ । यसका लागि सम्बन्धित मन्त्रालयले वार्षिक कार्यतालिकाको रूपमा विधेयकको सूची कानुन मन्त्रालयमा पेस गर्नुपर्छ ।

    ‘कानुनमन्त्रीले आगामी आर्थिक वर्षमा पेस गर्ने विधेयक फाइनल गर्न मन्त्रालयहरुसँग क्रमबद्ध छलफल गर्नुहुन्छ’, मन्त्रीको सचिवालयले भनेको छ, ‘असारसम्म सबै विधेयकको सूची पठाउन कानुन मन्त्रालयले तयारी गरिरहेको छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend