२०८३, आश्विन २१ गते

images
  • समाचार
  • 'चियाको पातले कूटनीति पर्खँदैन': इलामका ५३...

'चियाको पातले कूटनीति पर्खँदैन': इलामका ५३ उद्योग बन्द हुँदा किसानको बिचल्ली, सरकारलाई गुहार

'चियाको पातले कूटनीति पर्खँदैन': इलामका ५३ उद्योग बन्द हुँदा किसानको बिचल्ली, सरकारलाई गुहार

सीएनएन खबर
आइतवार, जेठ ३१ २०८३०६:४६
सीएनएन खबर
आइतवार, जेठ ३१ २०८३०६:४६
  • images

    काठमाडौँ । भारतले गुणस्तर परीक्षणका नाममा निकासी रोकिदिएपछि इलामका ५३ वटा चिया उद्योगहरू बन्द हुने संघारमा पुगेका छन्। यसले चियाबारीमा आफ्नो पसिना बगाउने हजारौं किसान र मजदुरको रोजीरोटी खोसिएको छ।

    इलाम-२ का सांसद सुहाङ नेम्वाङले यसलाई गम्भीर मानवीय संकटको संज्ञा दिएका छन्। "चिया हाम्रा किसानको घरमा चुलो बाल्ने र छोराछोरी पढाउने एक मात्र आधार हो," उनले गहिरो चिन्ता व्यक्त गर्दै भने, "टिपेको चियाको पातले लामो प्रशासनिक प्रक्रिया र कूटनीतिक पत्राचार पर्खँदैन।"

    किसानको वर्षभरिको श्रम र उद्योगीको लगानी खेर जान नदिन सांसद नेम्वाङले सरकारसमक्ष तत्काल एक्सन लिन ५ बुँदे माग राखेका छन्। उनले प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयलाई तत्काल कूटनीतिक पहल गरी भारतीय गोदाममा रोकिएका चिया छुटाउन र नेपालको ल्याबलाई भारतले मान्यता दिने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

    यसका साथै, सधैं एउटै बजारको मात्र भर पर्दा यस्तै सास्ती हुने भन्दै उनले पूर्वी नेपालमै अन्तर्राष्ट्रिय स्तरको ल्याब बनाउन, संकटमा परेका किसानलाई राहत दिन र चीन, युरोप तथा पाकिस्तानजस्ता नयाँ विकल्पको खोजी गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend