२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पासपोर्ट खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक...

पासपोर्ट खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

पासपोर्ट खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

मंगलवार, आषाढ २ २०८३१२:४३
मंगलवार, आषाढ २ २०८३१२:४३
  • images

    काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी (पासपोर्ट) खरिद प्रक्रियासम्बन्धी अनियमितताको अनुसन्धानका क्रममा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।

    आयोग स्रोतका अनुसार पासपोर्ट खरिदसँग सम्बन्धित प्रकरणमा अनुसन्धान अगाडि बढाउँदै अर्याललाई नियन्त्रणमा लिइएको हो। यसै प्रकरणमा व्यवसायी सिद्धार्थ थापालाई पनि सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

    अख्तियारले पासपोर्ट खरिद प्रक्रियामा भएको भनिएको अनियमितता तथा सम्भावित भ्रष्टाचारसम्बन्धी विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानको दायरामा खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन तथा सम्बन्धित पक्षहरूको भूमिकाबारे अध्ययन भइरहेको स्रोतको भनाइ छ।

    हालसम्म अख्तियारले पक्राउ परेकामाथि लगाइएको आरोप तथा अनुसन्धानका थप विवरण सार्वजनिक गरिसकेको छैन। आयोगले आवश्यक प्रमाण सङ्कलन र बयान लिने कार्य जारी रहेको जनाएको छ।

    पासपोर्ट खरिदसँग सम्बन्धित यो प्रकरणले सार्वजनिक खरिद प्रक्रिया र सरकारी निकायको पारदर्शितामाथि पुनः प्रश्न उठाएको छ। अख्तियारले अनुसन्धान निष्कर्षमा पुगेपछि थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend