२०८३, भाद्र १३ गते

images

भोटेकोशीको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्णरुपमा क्षति, कार्यरत सबै कर्मचारी सुरक्षित

भोटेकोशीको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्णरुपमा क्षति, कार्यरत सबै कर्मचारी सुरक्षित

images
शुक्रवार, भाद्र १२ २०८३०१:४८
शुक्रवार, भाद्र १२ २०८३०१:४८
  • काठमाडौँ । भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । साथै, प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारीहरु हाल सुरक्षित स्थानमा रहनुभएको र आवश्यक परेमा कर्मचारीहरु र परिवारका सदस्यहरु सहितलाई हेलिकोप्टर मार्फत स्थानान्तरणको तयारी अवस्थामा बैंक रहेको छ । 

    बाढीका कारण बैंकको रसुवा जिल्लास्थित स्याफ्रुबेशी शाखा र नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको छ भने त्रिशुली शाखा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भइ माटोले पुरिएको अवस्थामा रहेको छ । उक्त शाखा कार्यालयहरु पूर्णरुपमा क्षति भएकाले अर्को व्यवस्था नभएसम्मको लागि बन्द रहने बैंकले जनाएको छ । 

    आकस्मिक रुपमा आएको अकल्पनीय बाढीका कारण उक्त क्षेत्रमा भएको भौतिक एवं मानवीय क्षतिप्रति बैंकले दुख व्यक्त गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend