काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो।
महासंघका अनसार सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६४ हजार चार सय रुपैयाँ निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको आजका लागि भने एक हजार ९८० रुपैयाँ निर्धारण भएको छ।

