काठमाडौँ । पशुुपतिनाथ मन्दिरभन्दा पनि पुरानो मानिएको भृङगारेश्वर महादेब मन्दिर पुनःनिर्माण तथा भृङगारेश्वर धाम निर्माणका लागि महायज्ञ हुने भएको छ ।
ललितपुर माहानगरपालिका वार्ड नम्बर २७ सुनाकोठीमा रहेको उक्त मन्दिर पुननिर्माण तथा धान निर्माणका लागि मंगलबारदेखि आध्यात्मिक महोत्सव (श्रीमद भागवत ज्ञान महायज्ञ) सुरु हुने भएको हो ।
कात्तिक ६ गतेदेखि सुरु हुने महायज्ञ १३ गतेसम्म सञ्चालन हुनेछ । सुनाकोठिमा हुने उक्त महायज्ञको प्रमुख वाचक वाचन प्रवीण पण्डित दीनबन्दु पोखरेल रहेका छन् ।
भृङगारेश्वर महादेव सुधार तथा बुद्ध सेवा समितिका अनुसार गोपालराज वंशावली अनुसार श्री पशुपतिनाथ भन्दा पहिले प्रादुर्भाव भएको गर्विलो ईतिहास बोकेको प्रचिनमा पनि अति प्राचिनतम् श्री भृङ्गारेश्वर महादेव मन्दिर हो ।

