२०८३, कार्तिक ७ गते

images

चीनमा शक्तिशाली भूकम्प,१६ जनाकाे मृत्यु

चीनमा शक्तिशाली भूकम्प,१६ जनाकाे मृत्यु

images
शुक्रवार, कार्तिक ७ २०८३०६:५४
शुक्रवार, कार्तिक ७ २०८३०६:५४
  • images

    काठमाडौँ। चीनको तिब्बत क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।

    बिहीबार साँझ गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

    घाइतेहरूमध्ये ११ जनाको अवस्था गम्भीर छ । २१ जना सामान्य घाइते भएका छन् ।

    भूकम्पको केन्द्रबिन्दु तिब्बतको ल्हासाबाट करिब ४०० किलोमिटर टाढा थियो ।

    शक्तिशाली भूकम्पको धक्कापछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए ।

    सयौं घरहरूमा क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको छ ।

    स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरुले कम्तिमा ३३९ घरहरू भत्किएको जनाएको छ ।

    सन् २०२४ को जनवरीयता चीनमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend