२०८३, आश्विन २१ गते

images
  • समाचार
  • भिस्ताराको जहाजमा बम राखेको हल्ला, त्रिभुवन...

भिस्ताराको जहाजमा बम राखेको हल्ला, त्रिभुवन विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन

भिस्ताराको जहाजमा बम राखेको हल्ला, त्रिभुवन विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन

मंगलवार, कार्तिक ६ २०८१०५:४९
मंगलवार, कार्तिक ६ २०८१०५:४९
  • images

    काठमाडौं । भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ ।

    बम रहेको हल्ला भएपछि अहिले विमानस्थलमा सर्च अप्रेसन चलाइएको छ । भारतकाे दिल्लीबाट आएकाे यूके १५५ कल साइनको विमानमा बम रहेको हल्ला चलेको हो ।

    जहाजमा बम रहेको आशंकामा नेपाली सेनाको डिस्पोजल टोली परिचालन गरिएको छ । जहाजबाट सबै यात्रु बाहिर निकालिसकिएको र जहाजलाई छुट्टै राखेर सुरक्षा जाँच भइरहेको छ ।

    यसअघि पनि भारतीय कम्पनीका विमानहरूमा बम रहेको हल्ला चलेका घटनाहरू आइरहेका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend