२०८३, कार्तिक २३ गते

  • खेलकुद
  • सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल...

सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै

सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै

images
सीएनएन खबर
शुक्रवार, कार्तिक २० २०८३०८:२०
सीएनएन खबर
शुक्रवार, कार्तिक २० २०८३०८:२०
  • images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज पनि दुई खेल हुँदैछ ।

    आज दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

    जारी एनपीएलमा कर्णालीले तीन खेलमा २ जित र एक हार बेहोरेको छ र अंक तालिकामा तेस्रो स्थानमा छ । सुदूरपश्चिमले चार खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

    त्यस्तै, आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछ ।

    चितवनले तीन खेलमा एक जित र एक हार बेहोरेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो । पोखराले भने लगातार तीन खेलमा हार बेहोरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend