२०८३, कार्तिक २३ गते

  • खेलकुद
  • सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल...

सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

images
सोमवार, कार्तिक २३ २०८३०७:५४
सोमवार, कार्तिक २३ २०८३०७:५४
  • images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजेदेखि सुरु हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा गर्नेछ ।

    जारी एनपीएलमा कर्णालीले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने पोखराले अहिलेसम्म खेलेको चारै खेलमा हार बेहोरेको छ ।

    त्यस्तै, आजै साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज आमनेसामने हुनेछ ।

    चितवनले अहिलेसम्म खेलको ४ खेलमा ५ अंक हासिल गर्दै चौथो स्थानमा छ भने काठमाडौंले ४ खेलमा ३ जित र एक हारसहित ६ अंक हासिल गरेर दोस्रो स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend