काठमाडौँ । भारतको नयाँ दिल्लीबाट काठमाडौँका लागि उडान गरेको भिस्तारा एयरको जहाजमा बम राखेको सूचना हल्ला मात्रै रहेको पाइएको छ । भारतबाट बम राखेको हल्ला आएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चेकजाँच गरिएको थियो ।
यात्रुुको लगेज, ब्यागेज तथा जहाजको सम्पूर्ण चेकजाँच गर्दा उक्त कल फेक भएको पाइएको विमानस्थल कार्यालयले जनाएको छ ।
जहाजमा बम राखेको हल्ला फैलिएको भारतको नयाँदिल्लीबाट आएको भिस्तारा जहाजमा रहेका १५७ जना यात्रुलाई अनुसन्धानका लागि आइसोलेसनमा राखिएको थियो ।
उडान नम्बर ‘यूके १५५’को उक्त विमान काठमाडौँमा आज अपराह्न ४ः३० बजे अवतरण भएको थियो।

