२०८३, आश्विन २१ गते

images

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ रावलको निधन

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ रावलको निधन

सीएनएन खबर
बिहिवार, कार्तिक ८ २०८१०८:४२
सीएनएन खबर
बिहिवार, कार्तिक ८ २०८१०८:४२
  • images

    काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी निर्देशक श्रवण कुमार रावलको ६१ वर्षको उमेरमा निधन भएको छ । 

    बुधबार साँझ हृदयघातका कारण उनको निधन भएको बताइएको छ । अन्तर्राष्ट्रिय समावेशी बीमासम्बन्धी कार्यक्रममा भाग लिएर गए राति सकुशल घर फर्केका सीईओ रावललाई एक्कासि असहज भएको थियो । तत्काल अस्पताल पुर्याइए पनि  उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
     
    बीमा क्षेत्रमा लामो समय बिताएका रावल यसअघि प्रुडेन्सियलमा सीईओ थिए । मर्जरपछि राजीनामा दिएर युनाइटेड अजोड इन्स्योरेन्सम २०८० जेठ २३ गते सीईओ पदमा नियुक्त भएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend