२०८३, आश्विन २१ गते

images

घुससहित पक्राउ परे प्रमुख प्रशासकीय अधिकृत

घुससहित पक्राउ परे प्रमुख प्रशासकीय अधिकृत

शुक्रवार, कार्तिक ९ २०८१११:१५
शुक्रवार, कार्तिक ९ २०८१११:१५
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई ७८ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । 

    उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले घुससहित नियन्त्रणमा लिएको हो । 

    बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले घुस  रकम लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका(४ को कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend