काठमाडौँ । १२ जना प्रहरी सम्र्प विहीन भएको भन्दै प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै सम्पर्क विहीन भएका प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन जारी गरेको हो ।
कार्यालयले आइतबार जारी गरेको सूचनामा स्पष्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा नआएमा सेवाबाट हटाउने कारबाही हुने उल्लेख गरिएको छ ।
यदि सो सूचनाको बेवास्ता गरेमा प्रहरी नियमावलीअनुसार कारबाही हुने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ ।


