२०८३, आश्विन २१ गते

images

रुबी खान र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन फिर्ता

रुबी खान र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन फिर्ता

मंगलवार, कार्तिक १३ २०८१०८:२१
मंगलवार, कार्तिक १३ २०८१०८:२१
  • images

    काठमाडौं । बाँकेकी निर्माला कुर्मीलाई वेपत्ता बनाउने र सम्पत्ति हडप्न खोज्नेलाई कारबाही गर्न माग गर्दै आन्दोलनमा होमिएकी अभियन्ता रुबी खान र सरकारबीच तीन बुँदे सहमति भएको छ । मंगलबार गृहमन्त्रालय र खानबीच सहमति भएको हो । सो सहमतिसँगै रुबीको आन्दोलन तत्कालका लागि स्थगीत भएको छ ।

    सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरुपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय भएको छ । योसँगै खानसहितका महिलाहरुले गरेको आन्दोलन स्थगित भएको हो ।

    मंगलबार भएको बैठकपछि भएको सहमतिपत्रमा मन्त्रालयको तर्फबाट उपसचिव दिलकुमार तामाङ र खानले हस्ताक्षर गरेका छन् । ०७६ मा निर्मलाको शंकास्पद मृत्यु भएको थियो । मृत्युपछि उनको सम्पत्ति हिनामिना भएको थियो ।

    कुर्मीको मृत्यु र उनको सम्पत्ति हिनामिनाबारे प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसकेको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले मुद्दालाई अदालतमा पुर्‍याएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend