२०८३, आश्विन २१ गते

images
  • समाचार
  • वायुको प्रभाव कायमै : भोलिदेखि भाइटीकासम्म...

वायुको प्रभाव कायमै : भोलिदेखि भाइटीकासम्म मेघ गर्जनसहित वर्षाको सम्भावना

वायुको प्रभाव कायमै : भोलिदेखि भाइटीकासम्म मेघ गर्जनसहित वर्षाको सम्भावना

बुधवार, कार्तिक १४ २०८१०३:५८
बुधवार, कार्तिक १४ २०८१०३:५८
  • images

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखा भोलिदेखि भाइटीकाको दिनसम्म (चारदिन) मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको जनाएको छ। हाल देशभर पश्चिमी वायुको साथै पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै विभागले कार्त्तिक १५ देखि १८ गतेसम्म केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको संभावना रहेको बताएको हो।

    यस वर्षको तिहार आजदेखि सुरू भएको छ। कात्तिक १८ गते भाइटीका परेको छ। विभागले बुधबार बुलेटिन प्रकाशित गर्दै तिहारको चतुर्दशी (१५ गते),औंसी (१६ गते), प्रतिपदा (१७ गते र द्वितीया अर्थात् भाइटीका (१८ गते) का  दिनहरूमा कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको संभावना रहेको जानकारी गराएको हो।

    साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने संभावना छ।

    विभागका अनुसार आज पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी  प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी,आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    GbHppFEXIAArGoG-1730276484.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend