२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पश्चिमी र स्थानीय वायुको प्रभाव :...

पश्चिमी र स्थानीय वायुको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना

मंगलवार, कार्तिक २० २०८१०७:२६
मंगलवार, कार्तिक २० २०८१०७:२६
  • images

    काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा देशभर आंशिकदेखि साधरणतया बदली रही पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

    कोशीलगायत बागमती र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई  स्थानमा चट्याङसहित  हल्का वर्षाको सम्भावना छ।

    कोशी, बागमती गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend