२०८३, आश्विन २१ गते

images
  • समाचार
  • तोलामै २ हजार आठ सयले घट्यो...

तोलामै २ हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामै २ हजार आठ सयले घट्यो सुनको मूल्य

मंगलवार, कार्तिक २० २०८११०:४३
मंगलवार, कार्तिक २० २०८११०:४३
  • images

    काठमाडौँ । मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । तिहार पछिको पहिलो कारोबार दिन सुनको भाउ ह्वात्तै घटेको हो । 

    नेपाल सुनचाँदी महासंघको तथ्यांक अनुसार मंगलबार छापावाला सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ घटेको हो ।

    महासंघका अनुसार अघिल्लो दिन अर्थात् गत बिहीबार (कात्तिक १५ गते) १ लाख ७१ हजार रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च पनि हो । तर, आज भने घटेर १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    साताको पहिलो कारोबार दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ६० रुपैयाँ घटेर २ हजार ३० रुपैयाँ कायम भएको छ । यसअघि भने २ हजार ९० रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend