२०८३, आश्विन २१ गते

images
  • समाचार
  • कोशी प्रदेशका १४ जिल्लामा ४ दिन...

कोशी प्रदेशका १४ जिल्लामा ४ दिन सार्वजनिक बिदा

कोशी प्रदेशका १४ जिल्लामा ४ दिन सार्वजनिक बिदा

मंगलवार, कार्तिक २० २०८१०६:२२
मंगलवार, कार्तिक २० २०८१०६:२२
  • images

    काठमाडौँ । कोशी प्रदेशका १४ जिल्लामा ४ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले बिहीबार छठ पर्वको बिदा दिएको छ । तर, कोशी प्रदेश सरकारले बिहीबार र शुक्रबार गरी २ दिन बिदाको घोषणा गरेसँगै १४ जिल्लामा बिहीबारदेखि आइतबारसम्म गरी ४ दिन सार्वजनिक बिदा परेको हो ।

    तिहारको ५ दिन लामो बिदा सोमबार मात्रै सकिएको छ। मंगलबारदेखि सरकारी कार्यालयहरू खुलेका छन् । मंगलबार र बुधबार २ दिन कार्यालय खुल्ने छन् । सार्वजनिक बिदाका कारण कोशी प्रदेशमा बिहीबारदेखि आइतबारसम्म बन्द रहने छन् । 

    छठका लागि संघीय सरकारले बिहीबार बिदा दिएको छ। कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशका १४ वटै जिल्लामा छठ समापनको बिदा दिएको हो । बिहीबार र शुक्रबार छठका लागि बिदा र शनिबार सार्वजनिक बिदा परेका कारण उक्त प्रदेशमा ४ दिन बिदा परेको हो । हालसम्म कोशी प्रदेश बाहेक अन्य प्रदेशले शुक्रबार सार्वजनिक बिदाको घोषणा भने गरेका छैनन् ।

    सूर्यदेवको उपासना गर्दै ४ दिनसम्म मनाइने छठ शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिने छ । 

    मंगलबारदेखि छठ सुरु भएको छ । पहिलो दिन नहाय खाय मनाइएको छ । दोस्रो दिन अर्थात बुधबार खरना पर्व मनाइन्छ । तेस्रो दिन बिहीबार छठको मुख्य दिन हो । तेस्रो दिन अस्ताउँदो सूर्यलाई जलाशय किनारबाट अर्घ दिने परम्परा छ। अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् रूपमा समापन हुने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend