२०८३, आश्विन २१ गते

images

छठका लागि सिँगारिएको कमलपोखरी [फोटोफिचर]

छठका लागि सिँगारिएको कमलपोखरी [फोटोफिचर]

बुधवार, कार्तिक २१ २०८१०९:५७
बुधवार, कार्तिक २१ २०८१०९:५७
  • images

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरेको छ। पोखरीको चारैतिर पेटीमा ब्रतालुलाई बस्ने र सूर्यलाई अर्घ्य दिन घाटलाई व्यवस्थित गरिएको हो । करिब पाँच सय ब्रतालुलाई पूजाआजा गर्न कुपन वितरण गरिएको छ भने पूजा सामग्रीको सुरक्षाको समेत व्यवस्था गरिएको छ । पोखरी तथा त्यस आसपास क्षेत्रका फोहर व्यवस्थापन गरी झिलीमिली बत्तीहरु सजाइएको छ ।

    काठमाडौँ महानगरपालिका–१ मा पर्ने उक्त पोखरीमा  स्वचालित रूपमा पानीको फोहोराको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिका–१ को समन्वयमा गरिने पूजाआजाका कार्यक्रममा ब्रतालुको भीड व्यवस्थापन साथै सहजीकरणका लागि ठूलो सङ्ख्यामा नगर प्रहरी खटाइएको छ ।

    काठमाडौँ महानगरपालिका–१ का वडासदस्य रोशन श्रेष्ठले छठ पर्वको मौलिकता एवं महत्त्वलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न पोखरीलाई व्यवस्थित गरिएको जानकारी दिए। 

    भजनकीर्तन तथा धार्मिक गतिविधिको प्रबन्ध गरिएको समारोहस्थलमा सामान्य दर्शन तथा घुमघामका लागि करिब एक लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।

    उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत विभिन्न दलका नेतागण, महानगर प्रमुख अति विशिष्ट व्यक्तित्वलाई पूजामा सहभागिताका लागि यही कात्तिक २२ गते साँझ निमन्त्रणा गरिएको छ ।

    स्थानीय सङ्घ संस्थाको समन्वय तथा हिमालयन अस्पतालको सहकार्यमा स्वास्थ्य परीक्षणका शिविरसमेत सञ्चालनको व्यवस्था गरिएको छ ।

    प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिन ब्रतालुुले  अस्ताउँदो सूर्यलाई .अर्घ्य दिने उक्त पर्वमा सप्तमीको बिहान उदाउँदो सूर्यलाई .अर्घ्य दिएर व्रत समापन गरिन्छ । समापनपछि प्रसाद वितरणसमेत गरिने जनाइएको छ ।

    kamal10.jpg

    kamal7.jpg

    kamal9.jpg

    तस्बिरः काठमाडौं महानगरपालिका

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend