२०८३, आश्विन २१ गते

images

उदाउँदो सूर्यलाई  अर्घ्य दिँदै सकियो छठ

उदाउँदो सूर्यलाई  अर्घ्य दिँदै सकियो छठ

शुक्रवार, कार्तिक २३ २०८१०९:१३
शुक्रवार, कार्तिक २३ २०८१०९:१३
  • images

    काठमाडौं । आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठ शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ ।

    छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तलाउ र पोखरीका किनारमा भक्तजनहरू उपस्थित थिए । बिहीवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका व्रतीहरूले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् ।


    सन्तान सुख प्राप्ति,पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठ पर्व मनाइन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend