२०८३, आश्विन २१ गते

images

दोब्बरभन्दा बढीले बढ्यो हवाई भाडा

दोब्बरभन्दा बढीले बढ्यो हवाई भाडा

शुक्रवार, कार्तिक २३ २०८१०४:५०
शुक्रवार, कार्तिक २३ २०८१०४:५०
  • images

    काठमाडौं । त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तारका लागि विमानस्थल सञ्चालन समय १० घण्टा घटाइएपछि विदेशी वायुसेवा कम्पनीको उडान कटौतीसंगै भाडा पनि दोब्बरभन्दा बढी भएको छ ।

    भाडा वृद्धि भएपछि नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका छन् ।

    दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यको हवाई भाडा अत्यधिक बढेको छ । त्यसको प्रत्यक्ष मार नेपाली श्रमिकमा परेको हो ।

    खाडी तथा मलेसियाका लागि सामान्यतः ३० देखि ३५ हजार रुपैयाँमा नियमित टिकट उपलब्ध हुदै आएकोमा अहिले यो टिकटको मूल्य ७० देखि ९० हजार रुपैयाँ रहेको श्रमिकहरूको गुनासो छ । दिनको १५ सय नेपाली रोजगारीका लागि हवाई मार्ग हुँदै बिदेसिने गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend