२०८३, आश्विन २१ गते

images

एमाले सचिवालय बैठक : लिलाबल्लभलाई हटाउने निर्णय अनुमोदन

एमाले सचिवालय बैठक : लिलाबल्लभलाई हटाउने निर्णय अनुमोदन

शनिवार, कार्तिक २४ २०८१०९:४४
शनिवार, कार्तिक २४ २०८१०९:४४
  • images

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले नेता लिल्लाबल्लभ अधिकारीलाई सबै जिम्मेवारीबाट हटाउने कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको छ । शनिवार काठमाडौँमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव  प्रदीप ज्ञवालीले जानकारी दिए । 

    उनले भने– ‘कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीमाथि गम्भीर प्रश्न उठेकोले कोशी प्रदेश कमिटीले पार्टीका सबै जिम्मेवारीहरूबाट मुक्त हुने गरी गरेको निर्णयलाई अनुमोदन गरेको छ । उनको बारेमा लागेको आरोपहरूको वस्तुनिष्ठ र तथ्यपरक ढङ्गले राज्यका निकायले छानबिन गरुन् त्यो छानबिनमा  पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’ जापानमा मानव तस्करीमा संलग्नताको आरोप लागेपछि घिमिरेले मन्त्री र पार्टीको जिम्मेवारीबाट राजीनामा गरिसकेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend