२०८३, आश्विन २१ गते

images
  • समाचार
  • वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने...

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

सीएनएन खबर
आइतवार, कार्तिक २५ २०८१०६:५५
सीएनएन खबर
आइतवार, कार्तिक २५ २०८१०६:५५
  • images

    काठमाडौँ । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा  रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका छन् । 

    अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितबाट १९ लाख ७० हजार रुपैयाँ र पराजुलीले आठ लाख १७ हजार रुपैयाँ ठगेका थिए । 

    अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend