२०८३, आश्विन २१ गते

images

सहकारी ठगी प्रकरणः ढोरपाटनका मेयर देवकुमारको बयान शुरु

सहकारी ठगी प्रकरणः ढोरपाटनका मेयर देवकुमारको बयान शुरु

सीएनएन खबर
आइतवार, कार्तिक २५ २०८१०२:२८
सीएनएन खबर
आइतवार, कार्तिक २५ २०८१०२:२८
  • images

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा देवकुमार नेपालीको बयान लिन सुरु भएको छ ।  बागलुङको ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको हो । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको कसुरमा पक्राउ परेका नेपालीलाई आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

    जिल्ला अदालत बागलुङले असोज १४ गते नेपालीलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। उनी उक्त सहकारीमा संस्थापक अध्यक्ष समेत हुन्। यही सहकारीको पोखरा शाखा र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा समेत पोखराका संचालक समितिका उपाध्यक्ष रहेकाले अनुसन्धानका लागि कास्कीमा बुझाइएको हो।

    कास्की प्रहरीले सहकारी अपचलनको अनुसन्धानका लागि केही दिन अघि बागलुङ प्रहरीलाई पत्राचार गरेको थियो।

    इमेज सहकारीबाट दुई जिल्लामा दुई अर्बभन्दा धेरै हिनामिना गरेको आरोप लागेका नेपाली सूर्यदर्शन सहकारी प्रकरणमा पनि जोडिएका छन् । सहकारीको रकम हिनामिना पारी फरार नेपालीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत असोज ११ गते भारतमा पक्राउ गरी ल्याइएको थियो ।

    आजै सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशी, अध्यक्ष जीवी राईकाका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाइँलाई पनि अदालतमा उपस्थित गराइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend