२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बागलुङ पिकअप भ्यान दूर्घटना, पाँच जनाको...

बागलुङ पिकअप भ्यान दूर्घटना, पाँच जनाको निधन

बागलुङ पिकअप भ्यान दूर्घटना, पाँच जनाको निधन

सोमवार, कार्तिक २६ २०८१११:०३
सोमवार, कार्तिक २६ २०८१११:०३
  • images

    काठमाडौं । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    मृतकहरुमा जिप चालक बागलुङ जैमिनी-८ केवई बस्ने ३८ वर्षीय महेन्द्र पुन, सोही स्थानकी २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षका कुल प्रसाद श्रीष रहेका छन् ।

    घाइते बागलुङ जैमिनी -८ का ४५ वर्षीय गंगा बहादुर श्रीषलाई उपचारका लागि बागलुङ अस्पताल लगिदैछ । श्रीषको शरिरको बिभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा आज बिहान दुर्घटनामा परेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend