२०८३, आश्विन २१ गते

images
  • समाचार
  • प्रवेशाज्ञा बिना प्रवेश गर्ने दुई बंगलादेशी...

प्रवेशाज्ञा बिना प्रवेश गर्ने दुई बंगलादेशी नागरिक पक्राउ

प्रवेशाज्ञा बिना प्रवेश गर्ने दुई बंगलादेशी नागरिक पक्राउ

सीएनएन खबर
बिहिवार, कार्तिक २९ २०८१०७:०६
सीएनएन खबर
बिहिवार, कार्तिक २९ २०८१०७:०६
  • images

    काठमाडौँ । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । 

    सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।

    आफ्नो परिच खुल्ने कुनै कागतपत्र  नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं। गणका सूचना अधिकारी महेशराज बिष्टले जानकारी दिए । 

    उनीहरुलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले आज उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend