२०८३, आश्विन २१ गते

images

मंसिर १२ गतेभित्र डेडिकेटेड लाइनको बक्यौता तिर्न नेपाल विद्युत प्राधिकरणको आग्रह

मंसिर १२ गतेभित्र डेडिकेटेड लाइनको बक्यौता तिर्न नेपाल विद्युत प्राधिकरणको आग्रह

बिहिवार, कार्तिक २९ २०८१०२:०७
बिहिवार, कार्तिक २९ २०८१०२:०७
  • images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रकंलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मंसिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो ।
    आइतबारको मन्त्रिपरिषद् र मंगलबारको प्राधिकरण सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो ।

    'वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी (टाइम अफ डे) मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी–वान, टि–टु र टि–थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसारको बक्यौता महसुल १५ दिन अर्थात २०८१ मंसिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ,' प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ ।

    तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार कारबाही गरिने प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले बक्यौता महसुल तिर्न उद्योगीलाई किस्ताबन्दी सुविधा दिन गरेको भए पनि अब आगामी मंसिर १२ गतेभित्र एकैपटक सबै महसुल तिर्नु पर्ने जनाएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend