२०८३, आश्विन २१ गते

images
  • प्रमुख समाचार
  • संस्कृतिविद्को सम्मानमा ललितपुर महानगरः नि:शुल्क उपचारदेखि...

संस्कृतिविद्को सम्मानमा ललितपुर महानगरः नि:शुल्क उपचारदेखि उपहारमा सवारीसाधन

संस्कृतिविद्को सम्मानमा ललितपुर महानगरः नि:शुल्क उपचारदेखि उपहारमा सवारीसाधन

शुक्रवार, कार्तिक ३० २०८११२:०८
शुक्रवार, कार्तिक ३० २०८११२:०८
  • images

    काठमाडौँ । ललितपुर महानगरले संस्कृति संरक्षणको क्षेत्रमा निरन्तर लागिपरेका संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवम् पुरातत्वविद् हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक र वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई विशेष सुविधा दिएर सम्मान गरेको छ ।
     
    ललितपुर महानगरले बिहीबार एक कार्यक्रम आयोजना गरी उनीहरुको दिनचर्या सहज बनाउन सवारी साधन, सुरक्षाकर्मीको रुपमा नगर प्रहरी, मोवाइल सेट हस्तान्तरण गरेर सम्मान गरेको हो । 

    साथै, अस्पताल भर्ना भई स्वास्थ्य उपचाकर गराउनु परेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने महानगरपालिकाले जनाएको छ । 

    ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न कार्यक्रम गरेको बताए । 

    उनले भने, ‘उहाँहरुको दिनचर्या सहज होस्, हिड्डुल गर्न सजिलो होस् भनेर कार्यपालिकाबाट यस्तो निर्णय गरेका हौँ ।’ 

    उनीहरु भाषा, संस्कृति र सम्पदाको क्षेत्रमा शब्दकोष भएको बताए । उनले भने, उहाँहरु ललितपुर महानगरको  मात्रै नभएर नेपालकै हिरा, मोती, पन्ना, जुहारत हुनुहन्छ । ’ 

    ललितपुर महानगरले मठ मन्दिर संरक्षण, पुनर्निर्माणको क्षेत्रमा यथेष्ट काम गरेर मूर्त सम्पदा संरक्षण गरेको बताउँदै आजको सम्मान कार्यक्रम अमूर्त सम्पदा संरक्षणको एक अंश भएको बताए । 

    उपप्रमुख मञ्जली शाक्य बज्र्राचार्यले सम्मानित व्यक्तित्वहरु कला, साहित्य र सम्पदाको क्षेत्रमा विश्वविद्यालय भएको बताइन् ।  संस्कृतिविद्हरुको योगदानको कदर गर्र्दै सम्मान गरेको प्रष्ट पारिन् । 

    सम्मानित व्यक्तिहरु हरिराम जोशी र छत्रबहादुर कार्यस्थले कला, संस्कृति र सम्पदाको क्षेत्रमा आफूहरुले गरेको कामको कदर गर्दै सम्मानसहित सुविधा दिएकोमा धन्यवाद दिए । 

    प्रवक्ता तथा वडा नं.९का अध्यक्ष राजु महर्जनले सम्पदा संरक्षणका लागि ललितपुर महानगरले धेरै काम गरेको बताउँदै संस्कृति, सम्पदाको अध्ययन,अनुन्धान र खोजीका लागि विशेष कोष बनाएर काम थाल्ने सन्दर्भमा छलफल थाल्ने बताए । 

    ललितपुर महानगरको वडा नंंं.५ निवासी हरिराम जोशी वि.सं. १९९२ जन्मिएका हुन् । त्यसैगरी छत्रबहादुर कायस्थको जन्म  वि.संं.१९९९ मा भएको हो । 

    संस्कृति शिरोमणि हरिराम जोशीका पुस्तकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएका छन् । संस्कृतिका विविध विधामा जोशीद्धारा लिखित तीन दर्जन भन्दा धेरै पुस्तक सार्वजनिक भएका छन् । 

    यसैगरी सम्मानित हुनु भएका अर्का व्यक्तित्व संस्कृतिविद् छत्रबहादुर कायस्थद्धारा लिखित ५ दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन् । कायस्थद्धारा लिखित पुस्तक पनि विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कलासंस्कृति र सम्पदा संरक्षणमा योगदान पु¥याउने व्यक्तित्वको सम्मान र कदर गर्ने कार्यक्रम गरेको बताए । उनले भने, ‘ललितपुर महानगरपालिका र नेपाललाई कलासंस्कृति, सम्पदा र भाषाको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने व्यक्तित्वको सम्मानमा गरिएको यस निर्णयबाट महानगरपालिका गौरवान्वित भएको छ ।’

    उनीहरुको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै कलासंस्कृति, सम्पदा संरक्षण र यस क्षेत्रको उन्नयनमा ललितपुर महानगरपालिकाको यो निर्णयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको नगर प्रमुख चिरीबाबु महर्जनले बताए ।
     
    ललितपुर महानगरपालिकाले यस अघिसंस्कृतिविद्, शताब्दीपुरुष सत्यमोहन जोशीको सम्मान स्वरुप सवारीसाधन, सुरक्षाकर्मी र संचारसाधन उपलब्ध गराएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend