२०८३, आश्विन २१ गते

images
  • समाचार
  • घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृत...

घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा

घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा

शुक्रवार, कार्तिक ३० २०८१०१:२२
शुक्रवार, कार्तिक ३० २०८१०१:२२
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ । 

    आयोगको हेटौडा कार्यालयले बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो । 

    उनले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस माग गरेका थिए । आयोगले उक्त रकम घुस लिइसकेको अवस्थामा साहलाई नियन्त्रणमा लिएको हो ।

    अनुसन्धानको सिलसिलामा जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग ७८ हजार घुस/रिसवत माग गरी लिएको पुष्टी हुन भएको आयोगले जनाएको छ । 

    आयोगले वीरेन्द्र प्रसाद साह कानुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७८ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend