२०८३, आश्विन २१ गते

images
  • समाचार
  • कोशी र गण्डकी प्रदेशका केही स्थानमा...

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

शनिवार, मंसिर १ २०८१०८:४४
शनिवार, मंसिर १ २०८१०८:४४
  • images

    काठमाडौँ । हाल देशभर पश्चिमी वायु तथा पहाडी भू/भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू/भागमा आंशिक बदली रही बाँकी भू/भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना भने छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भू/भागमा आंशिक बदली रही बाँकी भू/भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

    आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend