२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सरकारले भिजिट भिसाको दुरुपयोग रोक्ने विषयमा...

सरकारले भिजिट भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गर्ने

सरकारले भिजिट भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गर्ने

सीएनएन खबर
आइतवार, मंसिर २ २०८१०५:४५
सीएनएन खबर
आइतवार, मंसिर २ २०८१०५:४५
  • images

    काठमाडौँ । सरकारले भिटिज भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गर्ने भएको छ । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिजिट भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गर्ने भएको हो । श्रममन्त्री शरतसिंह भण्डारीको संयोजकत्वमा आइतबार बसेको बैठकले अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्ने निर्णय गरेको हो।

    छलफलपछि भिजिट भिजिट भिसाको दुरुपयोग रोक्ने सम्बन्धमा १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन पेस गर्ने निर्णय गरिएको हो। महाशाखा प्रमुख जीवलाल भुसालको संयोजकत्वमा अध्ययन गर्ने समितिमा अध्यागमन विभाग, गृह मन्त्रालय लगायतका सरोकारवाला मन्त्रालयको प्रतिनिधि रहनेछन्। 

    उक्त छलफलमा छलफलका क्रममा अध्यागमन विभागका महानिर्देशक, वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख, अध्यागमन कार्यालय प्रमुख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सहभागिता रहेको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend