२०८३, आश्विन २१ गते

images
  • समाचार
  • ताेलामै १ हजारले बढ्याे सुनकाे मूल्य,...

ताेलामै १ हजारले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

ताेलामै १ हजारले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

सोमवार, मंसिर ३ २०८१११:१५
सोमवार, मंसिर ३ २०८१११:१५
  • images

    काठमाडौँ। साेमबार सुनकाे मूल्य उच्च रूपमा बढेकाे छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाे तथ्यांक अनुसार साेमबार सुनकाे मूल्य प्रतिताेला १ हजार रूपैयाँले बढेकाे हाे ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख  ६१ हजार  रुपैयाँमा कारोबार भईरहेको छ।

    अघिल्लो कारोबार दिन आइतबार  छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, यसदिन चाँदीको मूल्य पनि  तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, सोमबार प्रति १० ग्राम सुनको मूल्य १ लाख ३८ हजार ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ४६ रुपैयाँ  कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend