२०८३, आश्विन २१ गते

images

दुर्गा प्रसाईँ पक्राउ

दुर्गा प्रसाईँ पक्राउ

मंगलवार, मंसिर ४ २०८११२:३५
मंगलवार, मंसिर ४ २०८११२:३५
  • images

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । मंगलबार बिहान भक्तपुरस्थित घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो ।

    प्रसाईंले ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । उनले सोमबार भक्तपुरस्थित घरमै पत्रकार सम्मेलनको आयोजना गर्दै ओलीको नाममा कम्बोडियामा लगानी रहेको भन्दै कागजात सार्वजनिक गरेका थिए । 

    उनले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भनेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएको छ ।

    यसअघि असोज ६ गते साइबर अपराधको मुद्दामा साइबर व्युरोबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको थियो । उनी असोज १५ गते १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend