२०८३, आश्विन २१ गते

images

घुस रकम सहित समातिए नगरपालिकाका अमिन

घुस रकम सहित समातिए नगरपालिकाका अमिन

बुधवार, मंसिर ५ २०८१०५:५९
बुधवार, मंसिर ५ २०८१०५:५९
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित अमिनलाई नियन्त्रणमा लिएको छ । 

    आयोगको टोलीले तारकेश्वर नगरपालिकामा करार पदमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई सेवाग्राहीबाट लिएको घुस सहित नियन्त्रणमा लिएको हो । 

    चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज अमिन ईश्वर चन्द्र चौलागाईलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।

    अनुसन्धानको क्रममा उनले २०ह जार घुस÷रिसवत माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । अख्तियारले चौलागाईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो बीस हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend