काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले ‘चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिशियटिभ (बीआरआई) को कार्यान्वयन योजनामा हस्ताक्षर गर्न नहुने बताएको छ ।
बिहीबार काठमाडौँमा सम्पन्न लोसपाको केन्द्रीय समितिको बैठकले बीआरआई देशको हितमा नरहेको भन्दै विपक्षमा रहने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली मंसिरको तेस्रो साता चीनको भ्रमणमा जाँदा बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहँदा सत्ताको एक घटक लोसपा पनि बीआरआईको विपक्षमा उभिएको हो ।
बैठकले उँखुको घोषणा मूल्य तोक्न संघीय सरकारसँग माग गर्ने, बाढी पहिरोले क्षति भएको भौतिक संरचनाको पूर्ननिर्माण एवं पिडित नागरिकले पाउनुपर्ने राहत तथा उनीहरुको पुर्नवासको व्यवस्थापन यथाशिघ्र गर्न सरकारको ध्यानाकृष्ट गराउने समेत निर्णय गररेको हो ।

