काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित प्रशासनमा कार्यरत नायब सुब्बालाई नियन्त्रणमा लिएको छ ।
आयोगको बर्दिबासको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत कर्मचारी अशोककुमार यादवलाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत यादवमाथि सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्ति तथा क्रिया खर्च बापत उक्त रकम घुस लिएको आरोप लागेको छ ।
उनलाई आयोगले २० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरिएको जनाएको छ ।

