२०८३, आश्विन २१ गते

images

जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

सीएनएन खबर
बिहिवार, मंसिर २७ २०८१०८:०६
सीएनएन खबर
बिहिवार, मंसिर २७ २०८१०८:०६
  • images

    काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
     
    ग३च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा  नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए । 

    घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend