२०८३, आश्विन २१ गते

images

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

सोमवार, पौष ८ २०८१०२:२८
सोमवार, पौष ८ २०८१०२:२८
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

    राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महासंघका लागि नव नियुक्त राजदूत जंगबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा. शंकरप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend