२०८३, आश्विन २२ गते

images
  • समाचार
  • भूकम्पका कारण चीनमा ३६ जनाको मृत्युः...

भूकम्पका कारण चीनमा ३६ जनाको मृत्युः नेपालमा कम्पन मात्रै, छैन् कुनै क्षाति

भूकम्पका कारण चीनमा ३६ जनाको मृत्युः नेपालमा कम्पन मात्रै, छैन् कुनै क्षाति

मंगलवार, पौष २३ २०८११०:२०
मंगलवार, पौष २३ २०८११०:२०
  • images

    काठमाडौँ । चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको छ। 

    तिब्बतको द्रिगी आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ३६ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ।  

    नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्प ७.० म्याग्निच्युडको रहेको जनाएको छ । तर चिनियाँ सञ्चारमाध्यमहरूले भने ६.८ म्याग्निच्युडको भएको बताएका छन् ।

    यो भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि महसुस गरिएको थियो ।

    गृह मन्त्रालयका अनुसार नेपालमा भने यो भूकम्पबाट कुनै ठूलो क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।

    update.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend