२०८३, आश्विन २२ गते

images

सरकारी साक्षी विरुद्ध भ्रष्टाचार मुद्दा

सरकारी साक्षी विरुद्ध भ्रष्टाचार मुद्दा

बुधवार, माघ २ २०८१०५:२८
बुधवार, माघ २ २०८१०५:२८
  • images

    काठमाडौँ । प्रतिकूल बकपत्र गरेको अभियोगमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर २ का चन्दन कुमार मिश्र उपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले  घुस लिएको भन्ने मुद्दामा मिश्र सरकारी साक्षी थिए ।

    मिश्रले सुवेदीविरुद्धको मुद्दामा अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको हुनाले अख्तियारले उनलाई प्रतिवादी नबनाई सरकारी साक्षी बनाएको थियो ।

    तर, विशेष अदालतमा बकपत्र गर्दा आयोगमा गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्दै मिश्रविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् । मिश्रविरुद्ध ९९ हजार रूपैयाँ बिगो कायम गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend